काठमाडौँ- नेपालमा सुनचाँदीको भाउ आज फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले वृद्धि भएको छ।
आज सुनको भाउ १,६९,६०० रुपैयाँ प्रति तोला रहेको छ । अघिल्लो दिनको भाउ १,६८,२०० रुपैयाँ प्रति तोला थियो । त्यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १,९७५ रुपैयाँ प्रति तोला पुगेको छ।
नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनचाँदीको मूल्य उतारचढाव भइरहेको देखिन्छ।
प्रतिक्रिया