काठमाडौँ- प्रयागराजको महाकुम्भ मेला फेरि एकपटक भारी भीड र ट्राफिक जामका कारण समस्यामा परेको छ। १२ फेब्रुअरी पूर्णिमाको अवसरमा स्नान गर्नका लागि हजारौं मानिसहरूले संगमको तीरको यात्रा गरेका छन्।
भारतीय सञ्चार माध्यमहरूका अनुसार, संगम पुग्नको लागि किलोमिटर लामो जाम देखा परिरहेको छ, र मानिसहरूले पैदलै यात्रा गर्न बाध्य भएका छन्। शहर वरिपरि ३० किलोमिटर सम्म जाम फैलिएको छ, जसले स्थानीय जनतालाई गम्भीर समस्यामा पारिरहेको छ।
वाराणसी, लखनऊ, कानपुर र रेवाबाट प्रयागराज जाने प्रमुख रुटहरूमा २०(२५ किलोमिटर लामो सवारी जाम देखिएको छ। मुख्य सडकहरूमा जाम बढ़ेको छ भने, ग्रामीण क्षेत्रका सडकहरू पनि भरी जामले त्रसित छन्।
रेलवे स्टेशनहरूमा अत्यधिक भीडभाडको कारण संगम स्टेशन बन्द गरिएको छ। साथै, जबलपुरदेखि प्रयागराजसम्मको राजमार्गमा सवारी साधनहरूको लामो जाम देखा परेको छ, र प्रशासनले सवारी साधनहरूलाई रोक्न सुरु गरेको छ।
प्रतिक्रिया