चाबहिल स्थित कुमारीगालमा एक जना युवकको हत्या


काठमाडौँ- काठमाडौँको चाबहिल स्थित कुमारीगालमा एक जना युवकको हत्या भएको हो । सोमबार बिहान दुई समूहबिच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीले ज्यान गुमाएका छन् ।

छुरा हानेर उनको हत्या गरिएको प्रहरी वृत्त गौशालाका एक जना अधिकृतले जनाए । हत्यामा संलग्न आरोपमा ३ जना पक्राउ परेका हुन् । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।