काठमाडौं- काठमाडौंको चाबहिल स्थित कुमारीगालमा मध्यराति दुई पक्षबीच भएको झडपका कारण २२ वर्षीय अमृत कार्कीको हत्या भएको छ। काभ्रे घर भएका अमृत कार्कीलाई छुरा प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ। छातीमा चोट लागेको अमृतको मृत्यु भएको हो।
घटनामा संलग्न तीन व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने अन्य फरार रहेका व्यक्तिहरूको खोजी जारी छ। प्रहरीले पक्राउ गरिएका व्यक्तिहरूको पहिचान सार्वजनिक गर्न तयारी गर्दैछ। प्रहरी वृत्त गौशालाले यस घटनाको अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया