पाथीभरा केबलकार विवाद समाधान नभएपछि पुनः आन्दोलनको घोषणा


काठमाडौँ- पाथीभरा क्षेत्रको केबलकार निर्माण विवाद समाधान गर्न पटक(पटक छलफल भए पनि निष्कर्षमा नपुगेपछि आन्दोलनरत पक्षहरूले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। ११ वटा संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीहरू को संयुक्त पहलमा सोमबार पत्रकार सम्मेलन गर्दै माघ २९ गतेदेखि फागुन ९ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिएको छ।

प्रमुख आन्दोलन कार्यक्रमहरू माघ २९ फागुन ९ ग्लोबल आईएमई बैंक र आईएमई समूहको बहिष्कार, फागुन ६ ८ मुक्कुमलुङ बचाऔं पदयात्रा, फागुन ६ फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी रोक्न दबाब, काठमाडौं, इटहरी, बिर्तामोडमा विरोधसभा, कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने, अनिश्चितकालीन हड्तालको चेतावनी रहेका छन् । यदि माग पूरा नभए अनिश्चितकालीन यातायात बन्द र आमहड्ताल गरिने चेतावनी विज्ञप्तिमा उल्लेख छ।

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा गत माघ १२ गते आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको थियो। प्रहरीको गोली लागेर ४ जना घाइते भएका थिए। त्यसको विरोधस्वरूप कोशी प्रदेशभर आमहड्ताल गरिएको थियो।