निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म ‘झिँगे दाउ २’को तयारी थालेका छन् । सोमबार संगीतकार अर्जुन पोखरेललाई संगीत निर्माणको जिम्मा दिदै उनले फिल्मको निर्माणको तयारी सुरु भएको बताए ।
यो फिल्मको सिक्वेलमा पनि नायिकाद्धय केकी अधिकारी र आँचल शर्मा, कलाकारहरु मुकुन भुषाल, कुशल बिष्ट नै दोहोरिने निर्माणपक्षको भनाई छ । फिल्ममा एक नायक र एक नायिका भने थपिने निर्देशक देउजाको भनाई छ । फिल्मको पहिलो भागको अन्त्य जहाँ भएको थियो त्यहीबाट सिक्वेलको सुरु गरिने छ ।
कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहनेछ । वैशाखको दोस्रो साताबाट यो फिल्मको छायांकन प्रारम्भ हुनेछ ।
फिल्ममा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन रहनेछ । फिल्मलाई आउँदो वर्ष नै रिलिज गर्ने योजना निर्माणपक्षको छ ।
प्रतिक्रिया