काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने निर्णय गरेको सन्दर्भमा हमासलाई चेतावनी दिएका छन्। ट्रम्पले शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा नगरे युद्धविराम सम्झौतामा रद्ध गरिने र सबै मार्गहरू बन्द हुने चेतावनी दिएका छन्।
उनले भने, यदि शनिबार १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गरिएन भने सम्झौता रद्द गरिनेछ। विनाश सिर्जना हुनेछ। ट्रम्पले बन्धक रिहाइको समयसीमा तोक्दै यसका लागि केवल एकैचोटि सबै बन्धक रिहा गरिनुपर्ने जनाएका छन्। उनले यसै सन्दर्भमा थप्दै भने, तपाईंले थाहा पाउनुहुनेछ र तिनीहरूले पनि थाहा पाउनेछन्। हमासले मेरो मतलब के हो भनेर बुझ्नेछ।
यसअघि, हमासले इजरायली बन्धकहरूको रिहाइ रोक्ने निर्णय गरेको थियो, र युद्धविराम सम्झौतामा उल्लङ्घन गरेको आरोप लगाएको थियो। हमासको भनाइमा, इजरायलले तीन हप्ता लामो समयदेखि युद्धविराम सम्झौता उल्लङ्घन गर्दै विभिन्न शर्तहरूलाई पालना नगरेको जनाएको छ। यसका साथै, उत्तरी गाजामा विस्थापित प्यालेस्टिनीहरूको फिर्तीमा ढिलाइ भएको र गाजा पट्टीका अन्य क्षेत्रमा गोलीबारी गरिएको आरोप पनि लगाइएको छ।
प्रतिक्रिया