काठमाडौँ- दाङ तुलसीपुर उपमहानगरपालिका(१९ सक्रामकी ६४ वर्षीया ईश्वरी वलीको उपचारका क्रममा मृत्यु भएको छ। माघ २१ गते बिहान, खाना पकाउँदै गर्दा चुल्होमा आगो सल्केर उनको कपडामा आगो लागेको थियो, जसबाट उनी गम्भीर रूपमा जलेकी थिइन्।
प्रारम्भिक उपचारपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको थियो, तर त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौं पठाइएको थियो।
त्यहाँ पनि उपचार नहुँदा उनलाई सोमबार बेलुकी फिर्ता ल्याई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो, जहाँ आज बिहान साढे ७ बजेतिर उनको मृत्यु भएको जानकारी प्रहरी प्रवक्ता सूर्य राना मगरले दिएका छन्।
प्रतिक्रिया