फिल्म ‘अन्जिला’को टिजर सार्वजनिक भएको छ । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको टिजरमा एक यूवतीको फुटबलप्रतिको संघर्ष र सपनालाई देखाइएको छ ।
नेपालको राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलताको कथामा यो फिल्म बनेको छ । फिल्मको टिजरमा पनि उनको दुख, संघर्ष र दौडको कथालाई प्रस्तुत गरिएको छ । फिल्मको शिर्ष भूमिकामा उनले नै अभिनय गरेकी छिन् ।
यो फिल्ममा दयाहाङ राई, एन्जिला सुब्बा, श्रृजना सुब्बा, माओत्से गुरुङ, विजय बराल, वुद्दि तामाङ, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ ।
प्रेम कुमार श्रेष्ठको लगानीमा तयार भएको यो फिल्ममा सुदिप बरालको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ ।
फिल्मको कथालाई प्रदिप भारद्धाज, यम थापा र गिरिराज घिमिरेले मिलेर लेखेका हुन् । फिल्ममा राजन राज सिवाकोटी, हरि लम्साल र थानेश्वर गौतमको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।
प्रतिक्रिया