काठमाडौं– काठमाडौं प्रहरीले वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमा २९ वर्षीय पूर्णबहादुर जेठारा ९डोटीको बडीकेदार गाउँपालिका(३ का० र ३७ वर्षीय राज कुमार लामा ९नुवाकोट बेलकोटगढी नगरपालिका १२ का छन्।
पूर्णबहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ९ लाख रूपैयाँ लिएका थिए भने राजकुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिएका थिए। पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई क्रमशः काठमाडौं महानगरपालिका १४ र काठमाडौं नागार्जुन नगरपालिका २ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
प्रतिक्रिया