सांसद अग्रहरीको आरोप ६ महिनादेखि विपक्षीले सरकारलाई मात्र सराप्यो


काठमाडौँ- नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले विपक्षी दलहरूले विगत ६ महिनादेखि सरकारको मात्र आलोचना गरिरहेको आरोप लगाएकी छन्। मंगलबार संसद बैठकको शून्य समयमा बोल्दै उनले विपक्षी दलहरूले राजनीतिक धर्म निर्वाहका नाममा सरकारको आलोचना गर्नमै सीमित रहेको बताइन्।

६ महिनादेखि सडकदेखि सदनको रोस्टमसम्म सरकारलाई सराप्ने र विरोध गर्ने बाहेक विपक्षीले केही गरेको छैन, उनले भनिन्, हुन त विरोधीहरूले जथाभाबी बोलेका हैनन्, उहाँहरूको धर्म हो। तर जायज कुरामा राष्ट्रको चिन्ता गरेर सहयोग गर्नुहोस्, अनावश्यक कराएर केही हुँदैन।

उनको भनाइले सत्तापक्ष र विपक्षी दलहरूबीचको तनाबलाई झल्काएको छ। सरकारको कार्यशैलीप्रति विपक्षी दलहरूको आलोचनाबीच सांसद अग्रहरीको अभिव्यक्ति आएको हो।