माओवादी सांसद भोटेले संसद्‌भित्रै गुहार मागे, हलभरि हाँसो


काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले मंगलबार संसद्मा सरकारविरुद्ध आक्रोश पोख्दै गुहार मागेका छन्। प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले संसद्को अधिकार खोसिरहेको आरोप लगाए।

कहिले समितिमा विचाराधीन विधेयक लुटेको छ, कहिले सार्वभौम संसद्को अधिकार खोसेको छ। गुहार सरकार१” उनले भनिरहेका बेला संसद् भवनमा हाँसो गुन्जिएको थियो।

सांसद भोटेले देशका गाउँबस्ती, वनजंगल र सिंहदरबार समेत जलिरहेको दाबी गर्दै सरकार सर्वसत्तावाद लाद्न खोजिरहेको आरोप लगाए। उनले सरकारको शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै संसद्को भूमिका कमजोर पार्न खोजिएको भन्दै आपत्ति जनाए।

उनको ‘गुहार गुहार’ भनाइले संसद्‌भित्र हल्का माहौल बनेको थियो भने सत्ता पक्षका सांसदहरूले उनको अभिव्यक्तिलाई व्यंग्यका रूपमा लिएको देखिन्थ्यो।