काठमाडौं- काठमाडौंको डल्लु क्षेत्रबाट सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका २९ का ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती १ का कोमल बहादुर कार्की, र भारत कलकत्ताका ५८ वर्षीय जागिर मलिक रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले माघ २६ गते डल्लु बस्ने ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने दोलखाको फस्कु शैलुङ नगरपालिका ७ की सुनिता ठकुरीको डेराबाट सुनका गहना चोरी गरेका थिए।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले सुनको नेक्लेस, सिक्री, औंठी, गालेको सुन, तिलहरी, कल्ली, झुम्का, मंगलसूत्रका टुक्रा र सुनको सिक्का बरामद गरेको छ।
हाल उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया