डिभोर्सपछि पति बिष्णुलाई सम्झीदै एलिनाले लेखिन् मार्मिक स्टाटस


काठमाडौँ नेपाली गायिका एलीना चौहानले आफ्नो वैवाहिक जीवनमा आएको समस्याका कारण काठमाडौं जिल्ला अदालतमा श्रीमान् विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिन् । उनले २०८१ साल बैशाखमा विष्णु सापकोटासँग विवाह गरेकी थिइन्।

एलीनाले आफ्नो कलाकारिताको पेशाका कारण राति अबेरसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्ने भएकाले श्रीमान्ले शंका गर्ने गरेको बताएकी थिन् । विवाहको सुरुवाती दिनहरू शान्तिपूर्ण भए पनि समयसँगै तनाव बढ्दै गएकाले उनी अस्ट्रेलियाबाट नेपाल फर्केर एक्लै बस्न थालेकी थिइन्। उनले कानुनी रूपमा विवाह कायम रहे पनि भावनात्मक रूपमा सम्बन्ध कमजोर भएको र श्रीमान् श्रीमतीको रूपमा अगाडि बढ्न उचित नदेखिएको उल्लेख गरेकी छन्।

डिभोर्सपछि पति बिष्णुलाई सम्झीदै एलिनाले लेखिन् मार्मिक स्टाटस
प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ(आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु।