प्रदेशसभा सदस्य रेखा शर्माविरुद्ध मुद्दा नचल्ने भएपछि मेयर बालेनले पीडितसँग मागे माफी


काठमाडौँ- नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पीडित नाबालिकासँग माफी मागेका छन्।

शर्मामाथि नाबालिकालाई घरेलु कामदार बनाउँदै बालअधिकार उल्लङ्घन गरेको आरोप लागेपछि बालेन साहले कानुनी कारबाही हुनुपर्ने माग गर्दै आएका थिए।

तर, सरकारी वकिल कार्यालयले यो विषयमा मुद्दा नै नचलाउने निर्णय गरेपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै नाबालिकासँग माफी मागेका छन्।

सरी नानु, तिम्रा पिडकविरुद्ध मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु, समय आउनेछ,ू उनले फेसबुकमा लेखेका छन्, यस्तै विभेद र अपराध मास्न, अनि कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्नुपर्छ, समाज बुझ्नुपर्छ।

बालेनको यो भनाइपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। धेरैले बालअधिकारको रक्षा गर्नुपर्ने माग गरेका छन् भने केहीले सरकारी वकिल कार्यालयको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।