फिल्म ‘पिताम्बर’ चैत्रको २९ गतेबाट रिलिज हुने भएको छ । यसको टिजरले दर्शकको उत्कृष्ट साथ पाइसकेको छ । अब, यो फिल्मको पहिलो गीत ‘म त फ्यान भएँ यार’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द र आशिष अविरलकै संगीत छ । भिडियोमा फिल्मका मुख्य कलाकारहरु नायक प्रदीप खड्का र नायिका दिव्या रायमाझीको जोडीलाई देखाइएको छ ।
सय बढी कोरसका साथ भव्य सेटमा गीतको भिडियो उत्कृष्ट देखिएको छ । कविराज गहतराजले भिडियोलाई उत्कृष्ट बनाएका छन् ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको यो फिल्मलाई कृषा चौलागाइले निर्देशन गरेकी हुन् ।
फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरविर पण्डित, विशाल पहाडी, दिव्यदेव,
सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव बिष्ट, आशिष पुरुष, ललित बिष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराइको अभिनय छ ।
विशाल चौलागाई निर्माता रहेको यो फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाई सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदिप भारद्धाज र अभिमन्यू निरवीको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, काला चरनको पाश्र्व संगीत, आशिष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको एक्सन छ ।
प्रतिक्रिया