‘११ः५५’मा यस्तो छ श्रृष्टिदेखि महेशको गेटअप



फिल्म ‘११ः५५’का पाँच कलाकारहरुको क्यारेक्टर पोस्ट सार्वजनिक गरिएको छ । यो फिल्म चैत्रको ८ गतेबाट रिलिजमा आउँदैछ ।

फिल्मका मुख्य ५ कलाकारहरु श्रृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, सागर खनालको सार्वजनिक लुक्समा उनीहरुले निर्वाह गरेको भूमिका अनुसार नै प्रस्तुत गरिएको छ ।

फिल्मलाई क्राइम थ्रिलर जनरामा निर्माण गरिएको छ । केशव पाण्डेले यो फिल्मको लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा केशवसँगै एमसएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।

अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको एक्सन, प्रद्युमन मिश्रको डीओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन यो फिल्ममा छ ।

बिचित्र फिल्मस् र गुड जब आर्टस्को व्यानरमा निर्माण भएको यो फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । एमएस अग्रज यो फिल्मका कार्यकारी निर्माता हुन् ।