‘परालको आगो’मा जितु नेपाल, के हो भूमिका ?



कलाकार जितु नेपाल एकपछि अर्को फिल्ममा अनुवन्धित भइरहेका छन् । उनको यो वर्ष ‘ज्वाइँ साब, कार्साङ’ लगायतका फिल्म रिलिजमा आइसकेको छ । अब, उनै जितु एक नयाँ फिल्ममा अनुवन्धित भएका छन् । उनले, फिल्म ‘परालको आगो’ साइन गरेका छन् ।

हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशिल पोखरेल र कलाकार जितु नेपालले कागजी संझौता गरेका छन् । यो फिल्ममा दुई पुरुष पात्र रहने बताइएको छ ।

जसमध्ये जितु एक भूमिकामा देखिन लागेका हुन् । फिल्ममा नायिका सुहाना थापा फाइनल भइसकेकी छिन् । यस्तै, अर्की एक महिला कलाकार पनि चाडै फिल्ममा अनुवन्धित हुने निर्माणपक्षले बताएको छ । चामे, गौंथली र जुठे दमाइको वरिपरी यो फिल्म घुम्नेछ ।

यो फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत रहनेछ । यो फिल्ममा सत्य–स्वरुपको संगीत रहनेछ । फरक लोकेशन र फरक परिवेशमा यो फिल्म निर्माण गर्ने बताइएको छ ।