काठमाडौँ | खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको गल्तीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको बताएका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेललाई लिएर बबरमहल पुगेका मन्त्री यादवले यस्तो बताएका हुन् ।
‘विद्युत् प्राधिकरणको गल्तीले यस्तो भएको हो । विद्युत् प्राधिकरणले हामी र केयूकेएलसँग नसोधि काम गर्यो । त्यसकै कारणले यस्तो घटना घटेको हो,’ मन्त्री यादवले भने, ‘लाइन बिछ्याउने क्रममा गरेको गल्तीका कारणले पाइप फुटेको छ ।’
उनले पााइप ठूलो भएका कारणले त्यहाँ बाँकी भएको पानी आइरहेको बताए । ‘सबै पाइपको पानी सकिएपछिमात्रै पानी रोकिन्छ,’ उनले भने ।
प्रतिक्रिया