आशिस थापाको पहलमा पहिलो पटक टौखेल स्वास्थ्यचौकीमा पुग्यो अक्सिजन कन्सल्टेटर मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १० स्थित टौखेल स्वास्थ्य चौकीमा स्थानीय युवाहरु बैकुण्ठ थापा ‘आशिष’ र कृष्ण कार्कीको पहलमा ५ थान अक्सिजन कन्सल्टेटर उपलब्ध गराइएको छ ।
थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय रयाट विभाग प्रमुख हुन् भने कार्की नेकपा (माओवादी केन्द्र)का जिल्ला समन्वय समिति मकवानपुर सदस्य हुन् l अक्सिजन कन्सल्टेटर सोमबार एक कार्यक्रमबीच स्वास्थ्य संस्थामा हस्तान्तरण गरिएको छ ।
थाहा नगरपालिका वडा नं. १० का वडा सदस्य राजकुमार बस्नेतको उपस्थितिमा थापा र कार्कीले स्वास्थ्यचौकी प्रमुख जोगमान बलामीलाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त अक्सिजन कन्सल्टेटरले स्थानीय स्तरमा असिजनको आवश्यक्ता पर्ने बिरामीहरुको उपचारको लागि सहजता भएकोले पहल गरिदिने युवाहरुलाई स्वास्थ्यचौकी प्रमुख जोगमान बलामीले धन्यवाद ब्यक्त गरे ।
स्वास्थ्यचौकीको सेवा बिस्तार र स्थानीय बिरामीहरुको सहजताको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग अक्सिजन कन्सल्टेटरको लागि पहल गरिएको बैकुण्ठ थापा ‘आशिष’ले बताए ।
अशक्त बिरामीहरुको स्थानीय तहमै उपचारको लागि आवश्यक अक्सिजन सहज रुपमा उपलब्ध गराउनको लागि अक्सिजन कन्सल्टेटर महत्वपूर्ण भएको र आगामी दिनमा समेत आवश्यक सहयोगको पहल गरिरहने कृष्ण कार्कीले बताए ।

थापा र कार्की सामाजिक कार्यमा सक्रिय युवाहरु हुन् । भूकम्प होस् या कोरोनाको कहर वा बाढी पहिरोको प्रकोप जहाँपनि थापा र कार्कीको समूह राहत र सहयोग गर्नमा सक्रिय हुन्छन् ।
२०७२ सालको भूकम्पमा परेका पीडितहरूका लागि उनीहरुले दाल, चामल, नुन, तेल, त्रिपाल जस्ता आवश्यक सामग्री वितरण गरेका थिए । त्यसपछि कोरोनाको महामारीका दौराने गाउँमा स्यानिटाइजर, मास्क, र साबुन वितरण गरेर समुदायलाई स्वास्थ्य सुरक्षामा सहयोग पु¥याए । दोस्रो कोरोनाको बेला थाहा युथ इन्भेस्टमेन्ट ग्रुपमार्फत उनीहरुले ४७ दिनसम्म दैनिक ५०० जनालाई निःशुल्क भोजन उपलब्ध गराए ।

साथै, ३५० भन्दा बढी अक्सिजन सिलिन्डरहरूलाई घरघर पुर्याएर आवश्यक परेकालाई अक्सिजन उपलब्ध गराएका थिए ।
स्थानीय स्वास्थ्य चौकीमा अक्सिजन कन्सल्टेटरको उपलब्ध हुँदा यस क्षेत्रका नागरिकलाई राहत पुगेको स्थानीयले बताए ।
थापा र कार्कीले थाहा नगरको स्वास्थ्य लगायतका बिभिन्न क्षेत्रको विकासमा क्रियाशिल रहने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया