काठमाडौँ- टेक्सासकी एलिस ओग्लेट्रीले आमाको दूध दान गरेर नयाँ विश्व कीर्तिमान कायम गरेकी छन्। उनले उत्तरी टेक्सासको मदर्स मिल्क बैंकलाई २,६४५.५८ लिटर स्तन दूध दान गरेकी छिन्, जसले हजारौं समयअगावै जन्मिएका शिशुहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ।
ओग्लेट्रीले सन् २०१० मा आफ्नो पहिलो सन्तान काइलको जन्मपछि दूध दान गर्न थालेकी थिइन्। आफ्ना अन्य सन्तान जन्मिएपछि पनि उनले सरोगेट आमाको रूपमा सेवा दिइरहिन्।
उनको यो दानले अघिल्लो १,५६९.७९ लिटरको कीर्तिमान तोड्दै नयाँ रेकर्ड कायम गरेको हो। उनको परोपकारी कार्यले अनगिन्ती शिशुहरूको जीवन जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ।
प्रतिक्रिया