काठमाडौँ- पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कस्थित ठुलाढुङ्गा सामुदायिक वनमा आगो लगाउने आरोपमा दुई युवालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेल रहेका छन्। उनीहरूले २०७९ सालको माघ २९ गते उक्त सामुदायिक वनमा आगो लगाएका थिए। आगो लगाउँदा वनजङ्गल र वन्यजन्तुको बासस्थान नष्ट भएको थियो भने नजिकको बस्ती पनि जोखिममा परेको थियो।
स्थानीयहरूको जानकारी दिएपछि प्रहरी टोलीले दुई युवालाई घरबाट पक्राउ गरेको हो। प्रहरी निरीक्षक नीरबहादुर बानियाँका अनुसार दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाइएको छ र जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेर पुनः उनीहरूलाई प्रहरी हिरासतमा राख्न आदेश दिएको छ।
प्रतिक्रिया