रामपुर नगरपालिकामा फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री वितरण


काठमाडौँ- रामपुर नगरपालिका–७ का फरक क्षमता भएका व्यक्तिहरूलाई ह्विलचियर सहयोग गरिएको छ। वडामा बसोबास गर्ने नौ जना पूर्णअपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचियर वितरण गरिएको हो।

वडा कार्यालयले हिँड्न नसक्ने र परिवारका सदस्यको सहयोगमा रहेका ‘क’ वर्गका पूर्णअपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता अनुसार उक्त सामग्री उपलब्ध गराएको हो।

वडाअध्यक्ष दोवराज तिवारीका अनुसार एक लाख ११ हजार बराबरको लागतमा सामग्री खरिद गरिएको हो। यसमा ५० हजार वडा कार्यालयको विनियोजन र जापानी नागरिक काजुमा साकाकीमीबाट प्राप्त ६१ हजार सहयोगबाट सामग्री खरिद गरिएको वडा सचिव गीता लम्साल पौडेलले जानकारी दिनुभएको छ।