न्युज अपडेट
काठमाडौँ– काठमाडौँको शंखरापुर नगरपालिका–५, साँखुस्थित कात्तिकेमा भएको स्कुल बस दुर्घटनामा ३ जनाको ज्यान गएको छ। बुधवार मध्यान्ह एसएस एकेडेमीको बा।२ ख ७०५८ नम्बरको बस दुर्घटनामा परेका २७ जना घाइते भएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए अनुसार घाइते मध्ये २७ जनाले अस्पतालबाट डिस्चार्ज प्राप्त गरेका छन्।
दुर्घटनामा परेका अन्य १५ जनालाई विभिन्न अस्पतालहरूमा उपचार दिइरहेको छ। एक बालिका भने गम्भीर घाइते भएकी छन् र उनको उपचार मेडिसिटी अस्पतालमा भइरहेको छ। अन्य घाइतेहरू पिपुल्स लाइफ केयर अस्पताल, शंखरापुर अस्पताल, नेपाल मेडिकल कलेज, र टिचिङ अस्पतालमा उपचार गराइरहेका छन्।
प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटना ब्रेक फेल भएपछि भएको हो। बस नगरकोटबाट पिकअप गरेर फर्किँदा दुर्घटनामा परेको थियो। बस चालक ३९ वर्षीय मनिष माझी सिन्धुपाल्चोकका निवासी थिए।
प्रतिक्रिया