विद्यार्थीलाई तातो पनिउँले डाम्ने शिक्षिका पक्राउ


काठमाडौँ- तनहुँको भिमाद नगरपालिका–६ स्थित प्रभात एकेडेमीकी शिक्षिका सुष्मा श्रेष्ठ विद्यार्थीलाई तातो पनिउँले डामेको आरोपमा पक्राउ परेकी छिन्।

कक्षा ४ मा अध्ययनरत एक बालकलाई अनुशासनको नाममा तातो पनिउँ प्रयोग गरी शारीरिक दण्ड दिएको खुलासा भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। सुष्मा श्रेष्ठ सोही विद्यालयका सञ्चालक कृष्ण श्रेष्ठकी छोरी हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।