बबरमहलमा फुटेको पाइप मर्मत, आजै रातिदेखि पानी आपूर्ति हुने केयुकेएलको दाबी


काठमाडौं- काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०ले बबरमहल क्षेत्रमा फुटेको पाइप मर्मत सम्पन्न भएको र बिहीबार रातिदेखि नै पानी आपूर्ति सुरू हुने जनाएको छ।

केयुकेएलका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अशोककुमार पौडेलका अनुसार बुधबार रातिदेखि नै मर्मत कार्य सुरु गरिएको थियो। ‘हामीले फुटेको पाइप फेरेर पानी परीक्षण गरिरहेका छौं। आजै रातिबाट आपूर्ति नियमित हुनेछ,’ उनले जानकारी दिए।

बुधबार दिउँसो साढे दुई बजे मेलम्ची खानेपानीको थोक वितरणतर्फको ५०० एमएमको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न भएको थियो। वन विभाग, जिल्ला अदालत, विशेष अदालत परिसर डुबानमा परेपछि अदालतको सुनुवाइसमेत प्रभावित भएको थियो।

केयुकेएलले विद्युत प्राधिकरणको लापरवाहीका कारण पाइपमा क्षति पुगेको दाबी गरेको छ। ‘काठमाडौंको मुख्य स्थानमा खानेपानी वितरण र सडकको आवागमन प्रभावित भएकाले हाम्रा संरचनाको मर्मतमै ध्यान केन्द्रित गर्‍यौं,’ सीईओ पौडेलले भने।

पाइप फुट्दा स्थानीयवासी प्रभावित भएका थिए भने केयुकेएलले क्षतिको विस्तृत आकलन गर्न बाँकी रहेको जनाएको छ।