काठमाडौँ- दाङको लमही नगरपालिका(३ टिकुलिगढमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
रोल्पा माडी गाउँपालिका(३ निवासी ३८ वर्षीय सुरेश घर्तीमगरको बुधबार राति करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार लमही नगरपालिका(३ स्थित नहरमा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी गम्भीर घाइते भएका थिए। घर्तीमगरलाई उपचारका लागि लमही अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।
यस घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया