रोल्पाको माडी गाउँपालिकामा जिप दुर्घटना, दुई घाइते


काठमाडौँ- रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना भएको छ। घोराहीबाट परिवर्तन गाउँपालिका–२ राङ्सीतर्फ जाँदै गरेको भे १ ज १०११ नम्बरको जिप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर बिदुरचन्द्र अधिकारीका अनुसार दुर्घटनामा परेर दुई जना घाइते भएका छन्।घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल, लिबाङतर्फ ल्याउँदै गरिएको अधिकारीले जानकारी दिए।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।