फिल्म ‘रंगी’को प्रिमियर आयोजना गरिएको छ । यो फिल्म भोलिदेखि हलमा लाग्दैछ । फिल्मले देशभरका ५० बढी शोज पाएको छ ।
सुरेश न्यौपानेको डेब्यू निर्देशनमा तयार भएको यो फिल्मको प्रिमियरमा केही फिल्मीकर्मी र फिल्मका कलाकारहरु पुगेका थिए ।
फिल्म हेर्नका लागि नायिका पूजा चन्द, नायक सलिनमान बनियाँ लगायत पुगेका थिए । यस्तै, निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, दीपकप्रसाद आचार्य, नायिका मलिना जोशी लगायत पनि हलमा पुगेका थिए ।
फिल्म हेरेका अधिकांशले यो फिल्म हेरेर आफू भावुक भएको बताए । निर्देशक दीपाश्री निरौलाले फिल्मले बाबु र छोरीको कथा प्रस्तुत गरेको भन्दै आफ्नी आमालाई संझिइन् ।
उनले, एउटा छोरीको लागि बाबुले गर्ने संघर्ष कस्तो हुन्छ भनेर फिल्ममा देखाइएको बताइन् । नायक सलिनमान बनियाँले पनि फिल्मको प्रशंसा गरे । सलोनले एउटा सुन्दर कथामा फिल्म बनाएको उनको भनाई थियो ।
यो फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुशी ढकाल, दिलिप रायमाझी, मलिका महत लगायतका कलाकारहरुको अभिनय छ ।
भोलिदेखि रिलिजमा आउने यो फिल्मले पारिवारिक दर्शकलाई तान्ने अपेक्षा गरिएको छ । फिल्मकी निर्मात्री करिश्मा केसी बस्नेत एउटा इमोशनल फिल्म बनेको भन्दै आफूले जतिपटक हेरेपनि भावुक भएको सुनाइन् ।
प्रतिक्रिया