काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा। बाबुराम भट्टराई निर्वाचित भएका छन्। उनले अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै नेतृत्व हात पारेका हुन्।
पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईका अनुसार औपचारिक घोषणा साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत गरिनेछ। नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा आयोजना हुने उक्त पत्रकार सम्मेलनमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहणका साथै भट्टराईले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
आइतबारदेखि प्रज्ञा भवनमा सुरु भएको महाधिवेशनमा भट्टराईले पेस गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन अनुमोदन भइसकेको थियो।
प्रतिक्रिया