काठमाडौँ- नेपालमा सामान्यतस् मानिसहरू अफिस पुग्न कार, बाइक, बस वा ट्याक्सी प्रयोग गर्छन्, तर मलेसियाली नागरिक राहेल कौर भने हरेक दिन अफिस जान हवाई उडान भर्छिन्।
राहेल कौर एयर एशियामा फाइनान्स अपरेसनमा सहायक प्रबन्धकका रूपमा कार्यरत छन्। उनी आफ्नो दैनिक यात्राबारे च्यानल न्यूज एशियालाई दिएको अन्तर्वार्तामा बताउँछिन् कि हप्ताको पाँच दिन उनी पेनाङबाट क्वालालम्पुरसम्मको उडान भर्छिन्।
उनको घर पेनाङ राज्यमा र कार्यालय मलेसियाको क्वालालम्पुरमा छ, जसको बीचमा ३५० किलोमिटरको दुरी छ। त्यसअघि उनलाई हप्तामा एकपटक मात्र परिवारसँग भेट्नको लागि समय मिल्थ्यो, जसलाई उनलाई मन परेको थिएन। यस कारण उनले सन् २०२४ मा निर्णय गरिन् कि अब हरेक दिन उडान भर्छिन्।
राहेल बिहान ४ बजे उठेर पेनाङ एयरपोर्ट पुग्छिन् र त्यसपछि क्वालालम्पुरको कार्यालय जानको लागि उडान लिन्छिन्। काम सकेर राति ८ बजे घर फर्किन्छिन्।
उनको यो यात्रा दैनिक ७०० किलोमिटरको छ, र यसले उनलाई ३१६ डलर खर्च गर्न बाध्य बनाउँछ, जबकि भाडाको घर र अन्य खर्चमा ४७४ डलर खर्च हुने गरेको थियो।
प्रतिक्रिया