काठमाडौं, २ फागुन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चुनिएको छ । अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । उनी ७ सय ६१ मत ल्याएर निर्वाचित भएकाहुन साथै नेपाल समाजवादी युवा संघका केन्द्रीय संयोजक दीपक महतो भारी मतले निर्वाचित भएका छन्।
बिहीबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार केन्द्रीय सदस्य मधेशी युवाबाट दीपक महतो ४०८ मतका साथ निर्वाचित भए। सर्लाही वरहथवाका महतो निकटतम प्रतिस्पर्धी सुरेन्द्र कुमार यादवलाई २०४ मतमै सिमित राखि भारी मतान्तरले पराजित गरेका हुन्।
निर्वाचित भएपछि महतोले अमूल्य मत दिएर आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउने महाधिवेशन प्रतिनिधि, प्रस्तावक दीपक बोहरा र समर्थक ईन्द्र सिलवाल लगायत समस्त प्रचारप्रसारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
नवनिर्वाचित केन्द्रीय सदस्य महतो पार्टीलाई देशको वैकल्पिक शक्ति बनाउन संगठन विस्तार र पार्टीका एजेन्डाबारे बुझाउन जनतासम्म पुग्ने बताए।
प्रतिक्रिया