डान्सबारमा ‘महिला नाचेको’ भिडियो खिचेको भन्दै कुटपिटमा, एक जनाको मृत्यु


नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्सबारमा कुटपिट हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । गत माघ २८ गते मध्यराति बर्दघाट नगरपालिका–१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबीच कुटाकुट हुँदा प्रतापुर गाउँपालिका–९ खैरेनीका ४५ वर्षीय सन्तबहादुर चौधरी घाइते भएका थिए ।

उनको उपचारका क्रममा घाइते भएको उनको उपचारको क्रममा चौरहा अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक नारायण थापाले जनाकारी दिए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर–१ बस्ने अमित चौधरी र सोही स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ । डान्सबारभित्र भिडियो खिचेको निहुँमा झगडा भएको बताइएको छ ।

पक्राउ परेका प्रतिवादीहरुविरुद्ध जिल्ला अदालत नवलपरासीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भइ थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।