यस्तो छ सौगात–श्रृष्टीको ‘भाइरल गोर्खे’को फस्टलुक



नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठलाई रोमान्टिक तरिकाले प्रस्तुत गर्दै फिल्म ‘भाइरल गोर्खे’को फस्टलुक सार्वजनिक गरिएको छ । यो फिल्मको प्रदर्शन मिति समेत निर्माणपक्षले तय गरेको छ ।

निगम श्रेष्ठको निर्देशनमा तयार भएको यो फिल्मलाई आगामी बर्षको जेठ ३० गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । पोस्टरमा नायक मल्ललाई सामाजिक संजालमा लाइभ बसेको अवस्थामा प्रस्तुत गरेको छ । फिल्मले भाइरल हुने प्रवृत्ती बढ्दै जादा उत्पन्न हुने परिस्थितीको कथा भन्ने वुझिएको छ ।

अर्को एक पोस्टरमा भने सौगात र नायिका श्रृष्टि श्रेष्ठलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा वुद्दि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला लगायतको अभिनय छ ।

विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको फिल्ममा भुवन अधिकारी र निखिल पौडेल सह–निर्माताको रुपमा छन् । फिल्ममा अमर महर्जनको छायांकन छ । फिल्मको छायांकन लम्जुङ, गोरखा, चितवनमा गरिएको हो ।