काठमाडौं- काठमाडौंको कमलादीस्थित शानदार मःम पसलमा आगलागीमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार (फागुन २) दिउँसो साढे १ बजे प्रजित लामाको मृत्यु भएको हो । यसअघि, माघ २८ गते राति दुई जनाको मृत्यु भएको थियो । त्यहाँ आगलागीमा परी ११ जना घाइते भएका थिए ।
गएको माघ २४ गते बिहान ग्यास चुहावट भई उक्त मःम पसलमा आगलागी भएको थियो । त्यहाँका अरू कामदारसँगै त्यति बेला लामा पनि घाइते भएका थिए । शानदार मःम पसलमा आगलागीमा परी घाइते भएका अरू सात जनाको उपचार चलिरहेको छ । कीर्तिपुर बर्न अस्पतालमै उनीहरूको उपचार भइरहेको छ । उनीहरू सबै सात जनाकै अवस्था गम्भीर रहेको उपचारमा संलग्न डा. विशाल कार्कीले जानकारी दिएका छन्।
प्रतिक्रिया