दुखद खबर : झापामा नेपाल प्रहरीका सई मृत भेटिए


काठमाडौं । झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन‍्।

आइतबार बिहान भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालय झापामा रहेको ब्यारेकमा सई धनराज खतिवडा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार माथिल्लो तलाको पानी ट्यांकी जाने फलामको भर्‍याङमा खतिवडा झुन्डिएको अवस्थामा फेला परेका हुन् । । झापा प्रहरीका अनुसार सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ ।