प्रदर्शन मिति तय नभएको फिल्म ‘एक्लो’का मुख्य कलाकार सुरज सिंह ठकुरीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । उनको अवतार डरलाग्दो छ । फिल्ममा उनलाई ‘काल’ पात्रको भूमिकामा प्रस्तुत गरिएको छ ।
प्रदीप शाहीले निर्देशन गरेको यो फिल्मलाई हलिउड स्टरको बनाउन कुनै कसर बाँकी नराखिएको निर्माणपक्षको दाबी छ । यो फिल्ममा प्रदिप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी लगायतका कलाकारहरुको अभिनय छ ।
यस्तै, फिल्ममा बेलायती कलाकार जेमी बेकनको पनि अभिनय छ । फिल्ममा राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नविन सिवा, बागविर पुन लगायतको लगानी छ ।
विनोद सुवेदी यो फिल्मका कार्यकारी निर्माता हुन् । बाबु श्रेष्ठको छायांकन रहेको यो फिल्ममा राजु तामाङको एक्सन, राजु पेन्टरको सेट डिजाइन छ ।
प्रतिक्रिया