फिल्म ‘११ः५५’को टिजर सार्वजनिक गरिएको छ । यो फिल्मको टिजर रोचक र केही फरक छ । फिल्मको टिजरमा प्रेम, धोका, रोमान्स, बदलाको कथा छ ।
फिल्मको टिजरमा मुख्य कलाकारहरु श्रृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, वुद्दि तामाङ, विशाल पहारी र डेब्यू कलाकार सागर खनालको अभिनय छ । क्राइम थ्रीलर जनरामा यो फिल्म निर्माण गरिएको हो ।
फिल्मले ‘कसैमाथि पनि विश्वास नगर्न’ सन्देश दिन खोजेको वुझ्न सकिन्छ । केशव पाण्डेको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा एमएस अग्रज, शेखर ज्ञवाली र निर्देशक पाण्डेको लेखन छ । अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको एक्सन, रामशरण उप्रेतीको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन यो फिल्ममा छ ।
बिचित्र फिल्मस् र गुड जब आर्टस्को व्यानरमा निर्माण भपएको यो फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ ।
फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन् । यो फिल्म चैत्रको ८ गतेबाट रिलिजमा आउँदैछ । केही समय अगाडि यसको निर्माणपक्षले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया