प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अपहेलना मुद्दामा कारण देखाउ आदेश जारी भएको छ । सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले सर्वोच्च अदालतको फैसलाको अपमान भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्धय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर उल्टै भूमिसम्बन्धी अध्यादेश ल्याएको भन्दै अधिवक्ता अर्यालललेप्रधानमन्त्री ओलीविरुद्ध माघ २९ गते अदालतको अबहेलना मुद्दादायर गरेका थिए । गिरीबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा ओली सरकारले अवरोध गरेको भन्दै अधिवक्ता अर्यालले ओलीलाई पदबाट मुक्त गर्नुपर्नेसमेत माग गरेका थिए ।
प्रतिक्रिया