प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाँदैछन् । लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली दाङ जान लागेका हुन्। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यका अनुसार प्रधानमन्त्री ओलीले
बिहान साढे ११ बजे बस्ने प्रदेशसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनका लागि निमन्त्रणा गरिएको जनाइएको छ ।
यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन ५ नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए । प्रदेश सभाको बैठकलाई सम्वोधनपछि प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया