विजय बरालले छाडेपछि ‘कमेडी दरबार’मा नयाँ ‘महाराजा’ भित्रिएका छन् । विजय बरालले व्यस्त भएपछि यो शो छाडेका थिए ।
अब, उनको ठाउँमा हाँस्य कलाकार मनोज गजुरेलको प्रवेश भएको छ । मनोज अब शोका नयाँ ‘महाराजा’को रुपमा देखिने भएका छन् । उनी, २७ औं एपिसोडबाट दर्शकमाझ देखिनेछन् ।
पत्रकार सम्मेलनमा विजय बराल र गौरी मल्लसहित शोका सहभागीहरुको उपस्थिती थियो । यस्तै, शोको होस्ट समेत परिवर्तन गरिएको छ । शोमा नम्रता श्रेष्ठको ठाउँमा अब सजिना खनालको प्रवेश भएको छ ।
अब, सजिनाले यो शोका निर्देशक विक्की अग्रवालले मिलेर कार्यक्रम होस्ट गर्नेछन् । यो शो पछिल्लो समयको सर्वाधिक लोकप्रिय कमेडी शो हो । प्राइभ टेलिभिजन र ओएसआर डिजिटलबाट यो कार्यक्रम प्रशारण हुँदै आएको छ ।
प्रतिक्रिया