कुम्भ मेला स्नानमा गए कांग्रेस महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुम्भ मेलाको स्नान गरेका छन् । महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत् कुम्भ मेला स्नान गरेको जानकारी गराएका हुन् ।

‘महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भुत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो। परिवारसँग कुम्भ मेलामा स्नान गर्दाका केही यादगार झलकहरू,’– सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।