काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले जितको यात्रा सुरु गरेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशाला आज भएको उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३-१ गोलले हराएको छ । प्रतियोगितोमा आजै नेपालले आफ्नो पहिलो खेलमा बेलुकी ६ बजे किर्गिस्तानसँग खेल्दैछ ।
चारदेशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन । प्रतियोगिताका लागि विदेशमा लिग खेलिरहेका नेपाली खेलाडीहरू एन्जिला सुब्बा तुम्बापो, रेखा पौडेल र सावित्रा भण्डारी स्वदेश आइपुगेका छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन । फाइनल खेल फागुन १४ गते हुनेछ ।
प्रतिक्रिया