सभामुखले अनुमति नदिँदा सुमनाले बोल्न पाइनन्, आक्रोशित हुँदै बाहिरिँदा जे देखियो(हेर्नुहोस भिडियो सहित)


काठमाडौं । रास्वपाकी सांसद सुमना श्रेष्ठले संसद् बैठक बहिस्कार गरेर बाहिरिएकी छन् । सोमबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा कुरा राख्न खोजेकी सुमनालाई सभामुख देवराज घिमिरेले रोकेपछि उनी आक्रोशित भएकी हुन् ।

सोमबार बसेको बिैठकमा दलीय आधारमा आकस्मिक समय दिँदा रास्वपाका अशोक चौधरीले बोलेका थिए । एमाले सांसद सम्झना थपलिया बोलेपछि सभामुखले शून्य समय सुरु भएको घोषणा गरे ।

सभामुखले शून्य समय घोषणा गरेलगत्तै उठेर सुमना एक्लैले विरोध जनाईन् । उनले बोल्न समय माग गरेपनि सभामुखले बोल्ने अनुमति नदिइएको जनाउँदै आसन ग्रहण गर्न अनुरोध गरे । केहीबेर चर्काचर्की परेपछि सुमना बैठक छाडेर बाहिरिएकी थिईन् ।