‘रंगी’बाट कस्तो रह्यो नम्रताको डेब्यू ?



नायिका तथा होस्ट नम्रता श्रेष्ठले ‘कमेडी दरबार’ नामक शोज छाडेकी छिन् । उनी, फिल्म र अर्को एक रियालिटी शोको होस्टको रुपमा व्यस्त हुने भएपछि यो लोकप्रिय शोज छाडेकी हुन् ।

उनै, नम्रताले अभिनय गरेको फिल्म ‘रंगी’ हलमा लागिरहेको छ । यो फिल्मले दर्शकको प्रतिक्रिया पनि सुखद पाइरहेको छ ।
तर, यो फिल्मबाट नम्रताको डेब्यू कस्तो रह्यो भन्ने प्रश्न पनि उब्जिएको छ । यो फिल्ममा नम्रताको भूमिका धेरै छैन । उनी, सामान्य शहरको कुनै एक ठाउँमा बस्ने यूवतीको भूमिकामा छिन् ।

फिल्म हेरेपछि अधिकांशले नायक सलोन बस्नेत र बाल–कलाकार आयुषी ढकालको प्रशंसा गरिरहेका छन् । अधिकांशले फिल्मको नायिका नै आयुषी भएको बताएका छन् ।

फिल्मको प्रचारमा सलोनकी पत्नी करिश्मा केसी पनि खुलेरै लागिन् । जसकाकारण, कतिपयले भने करिश्मा नै फिल्मकी नायिका रहेको रुपमा वुझे ।

नम्रताले बलियो भूमिका र बलियो अभिनयका लागि अर्को फिल्म पर्खिनुपर्ने देखिएको छ ।