‘२६ करोड’को निर्माण रोहितले नगर्ने, पल र प्रदिपले काम गर्ने चर्चा



फिल्म ‘२६ करोड’को निर्माणबाट निर्माता रोहित अधिकारी बाहिरिएका छन् । उनले, अब यो फिल्मको निर्माण अधिकार किङडम नेटवर्कलाई दिएका छन् ।

यो टिमले यसअघि फिल्म ‘पुजार सार्की’ बनाइसकेको छ । निर्माता सुभाष भुषाललाई रोहितले फिल्म निर्माणको अधिकार सुम्पिएका हुन् ।

यो फिल्मलाई आर आर फिल्मस्ले वितरण गर्नेछ । फिल्मको निर्देशन विकास सुवेदीले गर्न लागेको चर्चा छ । निर्माण टिमले आधिकारिक रुपमा केही पनि बोलेको छैन ।

यसैबिच, यो फिल्ममा दुई स्टार नायकहरुले काम गर्न लागेको चर्चा छ । फिल्ममा नायक प्रदिप खड्का र पल शाहले काम गर्न लागेको चर्चा समेत फिल्मी बजारमा छ । निर्माणपक्षले भने आधिकारिक रुपमा केही पनि बोलेको छैन ।

पल र प्रदिपले फिल्म ‘पुजार सार्की’मा पनि एकसाथ काम गरेका थिए । यसअघि रोहितले यो फिल्म बनाउन अघि सर्दा निर्देशनमा दिनेश राउत थिए । फिल्ममा दीपकराज गिरीले काम गर्ने पनि पक्का भएको थियो ।