अमेरिका जाने कथामा ‘फेरि रेशम फिलिली’को रमाइलो ट्रेलर



फिल्म ‘फेरि रेशम फिलिली’को रमाएलो ट्रेलर सार्वजनिक गरिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा फिल्मको कमेडी नै कमेडीले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो ।

सिनेमा आर्ट प्रोडक्सनसँग भी मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्म ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ । अमेरिका जानका लागि डीभीको पहिलो पत्र पाएको एक यूवकको कथामा यो फिल्म बनेको छ ।

रौन विक्रम कँडेलको लगानीमा तयार भएको फिल्ममा निरोज महर्जनको निर्देशन छ । फिल्ममा सुरज बम ठकुरी कार्यकारी निर्माता र एनी थापा सह–निर्माताको रुपमा छन् ।

फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा, शिशिर वाङ्देल, महेश त्रिपाठी, मेक्सम गौडेल लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा आकाश बरालको लेखन, सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, साहिल खानको ट्रेलर छ । फिल्मको ‘फेरि जालमा’ बोलको गीतले दर्शकको साथ पाइरहेको छ ।