‘माग्ने राजा’को तयारी



हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले फिल्म ‘माग्ने राजा’ साइन गरेसँगै यसको चर्चा खुबै भयो । विशेषगरि, उनको पारिश्रमिकलाई लिएर चर्चा बढी भएको थियो । यो फिल्मबाट केदारले ६० लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा भयो ।

तर, यो फिल्मको छायांकन सुरु हुन सकेको छैन । केदार अर्को फिल्म ‘जेरी अन टप’को छायांकनमा नै व्यस्त भएकाले यो फिल्मको काम अगाडि बढ्न नसकेको हो ।

केदारले फिल्म ‘जेरीः अन टप’को छायांकन सुरु गरेको केही महिना भयो । तर, निकै नै अप्ठ्यारो दृश्य खिच्नु परेका कारण उक्त फिल्मको छायांकन नै सकिएको छैन ।

यता, फिल्म ‘माग्ने राजा’को पनि तयारी थालिएको छ । सार्वजनिक नयाँ फोटोमा केदार र नायिका वर्षा सिवाकोटीलाई देख्न सकिन्छ ।

फिल्ममा वर्षा र केदारको रोमान्स र कमेडी हेर्न पाइनेछ । ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको यो फिल्ममा मुनाल घिमिरेको लगानी रहनेछ ।