ओशो तपोवनमा शिल्पा



नायिका शिल्पा पोखरेल पनि ओशो तपोवनमा पुगेकी छिन् । उनले, ओशो तपोवनमा बोधिसत्व स्वामी आनन्द अरुणको हातबाट ओशोको नवसन्यास दिक्षण ग्रहण गरी शिल्पा ‘माँ प्रेम हाँस्या’ बनेकी हुन् । शिल्पाको नाम अब ‘माँ प्रेम हाँस्या’ राखिएको छ ।

सामाजिक संजालमा कलाकार सोभिात सिंखडाले यो कुराको जानकारी गराएकी हुन् ।

सोभिताले लेखेकी छिन्–‘अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्याओस् र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस्, शुभकामना ।’

शिल्पा केही वर्षदेखि फिल्मबाट टाढा छिन् । विशेषगरि, निर्माता छविराज ओझासँग बैबाहिक जीवनमा समस्या आएपछि उनी फिल्मबाट टाढा देखिएकी हुन् । उनले, म्युजिक भिडियोमा काम गरेपनि फिल्ममा काम गरेकी छैनन् ।

अहिले छवि र शिल्पाबिच डिभोर्स भइसकेको छ । शिल्पाले फिल्म ‘लज्जा’बाट करिअर सुरुवात गरेकी हुन् ।