संस्कृत विश्वविद्यालयको ९१० बिघा जग्गा अतिक्रमण, खोजबिन समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायोू


काठमाडौँ- नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ। सो समितिले विश्वविद्यालयको १,६६२ बिघा जग्गामा ९१० बिघा अतिक्रमण भएको खुलासा गरेको छ। उक्त अतिक्रमण २०५९ सालदेखि कायम रहेको र विश्वविद्यालयले त्यसबाट कुनै आम्दानी प्राप्त नगरेको पाइएको छ।

समितिका संयोजक शेखरप्रसाद पौडेलले प्रतिवेदनमा विश्वविद्यालयको जग्गा उपयोग गर्ने र अतिक्रमण हटाउने बारे सुझाव दिएका छन्। यसका लागि सरकार र राजनीतिक दलको सहयोग आवश्यक रहेको बताए।

प्रधानमन्त्री ओलीले प्रतिवेदन ग्रहण गर्दै विश्वविद्यालयहरूमा तालाबन्दी र अतिक्रमणजस्ता अवाञ्छित क्रियाकलाप रोक्नुपर्नेमा जोड दिए। यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई पनि उपस्थित थिइन्।